कलंकीमा भयानक दुर्घटना : ब्रेक फेल भएको ट्रकले ८ वटा गाडीलाई ठक्कर दियो….

समाचार

शुक्रबार साँझ कलंकीमा भया-नक दुर्घटना भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिएको हो ।

उक्त दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा ८ वटा सवारी साधनलाई ठक्कर दिएर क्षति पुर्‍याएको ट्राफिक प्रहरीले बताएको छ ।

८ वटा सवारीसाधनलाई ठक्कर दिएको प्रदेश २ ०३००१ ख १४२० नम्बरको ट्रक ।

दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

काठमाडौंको कलंकी चोकमा अन्डरपास बनेतापनि त्यहाँ हुने गरेको जाममा भने खासै सुधार भएको छैन । -ktmdainik

Leave a Reply

Your email address will not be published. Required fields are marked *