काठमाडौँ । बलिवुडका चर्चित कोरियोग्राफर एवं फिल्म निर्देशक रेमो डिसुजालाई हृदयघात भएको छ ।
भारतीय समाचार एजेन्सी एएनआइका अनुसार डिसुजाको मुम्बईस्थित कोकिलाबेन धीरुभाई आस्पतालमा उपचार भइरहेको छ ।
मिडिया रिपोर्टका अनुसार डिसुजाको एन्जियोप्लाष्ट गरिएको छ र उनको स्वास्थ्य सुधार भइरहेको छ । आइसीयुमा उपचार गराएका डिसुजालाई अहिले सामान्य बेडमा राखिएको एएनआइले जनाएको छ ।
बलिवुडका फिल्म विश्लेषक कोमल नाहटाले ४६ बर्षिय डिसुजाको स्वास्थ्यमा उलेख्य सुधार भएको जानकारी दिएका छन् ।