यस्तो छ प्रथम सगरमाथा आरोही नेपाली महिला पासाङ ल्हामु शेर्पाको जन्मघर !

राष्ट्रिय

काठमाडौँ– पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । उनले २०५० साल बैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिईन्। त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्मको असफल भयाको थियो। उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी थिइन । सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसँग फर्कदै गर्दा उनको मृत्यु भएको थियो ।

यी पहिलो पटक सगरमाथा आरोहण गर्ने महिला पासाङ ल्हामु शेर्पाको आज जन्म जयन्ती । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा उनी सन् १९६१ मा आजकै दिन जन्मिएकी थिइन । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केको उनको यो जन्मघरमा अहिले आफन्त छिरिङ टेन्डी लामाले हेरचार गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *