बलिउडका चर्चित सुपरस्टारले कोदालो चलाउँदै गरेको तस्वीर भाइरल

रोचक

एजेन्सी। बलिउड अभिनेता सलमान खानले पनवेलस्थित फर्महाउसमा कृषिकर्म गरेको तस्वीर भाइरल भइरहेको छ।

फोटोमा सलमानले हातमा कोदालो समातेको र खेत खनेको देखिन्छ । सलमानले फोट शेयर गर्दै भारत मातालाई याद गरेका छन्।

तस्वीरले देशमा जारी किसान आन्दोलनलाई इंगित गर्न खोजेको हो कि भन्ने स्पष्ट छैन । लकडाउनका बेलामा शरीर सुगठित बनाएका सलमानको फिटनेसले प्रशंसकहरूलाई मुग्ध बनाएको छ।

यससँगै सलमानले शर्ट नलगाएको तस्वीर पनि शेयर गरेका थिए । व्यायाम गरेपछिको उक्त तस्वीरमा उनको राम्रो मांसपेशी देखेर सबैले उनको प्रशंसा गरेका थिए। सलमानको फिल्म राधे सन् २०२१ मा रिलीज हुँदैछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *