कोरोनाका कारण नेकपाका केन्द्रीय सदस्य तथा पूर्वराजदूत लामाको गयो ज्यान

समाचार

काठमाडौं, मंसिर २४- सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाको लागि पूर्व नेपाली राजदूत कमानसिंह लामाको नि’धन भएको छ। दुई साता अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका ६९ वर्षीय लामाको गएराती ११ बजे नि’धन भएको हो ।

‘१४ दिनअघि कोरोना संक्रमण भएपछि टिचिङ अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । ‘आइसियूमा राखेर उपचार गर्दा पनि सुधार नभए पछि उनको मृत्यु भएको हो ।

लामा ०४८ सालमा त’त्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा बि’जयी भएका थिए। उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए। लामालाई प्रेसर, सुगरको समस्यासँगै किड्नीमासमेत समस्या रहेको बताईको छ । यो। उनको पार्थिव शरीर बिहीबार बिहान नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *