मलेसियामा चन्द्र कुमारीको मृत्यु, परिवारलाई सहयोग स्वरुप रु.१ लाख २५ हजार ७०३ रुपैयाँ

समाचार

क्वालालम्पुर (मलेसिया)। वैदेशिक रोजगारीको क्रममा बिगत ७ बर्षदेखि मलेसियामा काम गर्दै आएकि नेपाल ठेगाना म्याग्दी धौलागिरी गाउँपालिका. ५ कि चन्द्र कुमारी छन्त्यालको मलेसियामा अल्पआयुमै मृत्यु भएको छ।

मलेसियाको जोहोर राज्यमा पर्ने तेब्राउ भन्ने ठाउँमा अवस्थित (OSI optoelectronics) ओएसआई ओपटोइलेक्ट्रोनिक्स कम्पनीमा काम गर्दै आएकि चन्द्र कुमारी अच्चानक सिकिस्त बिरामी परेकि थिइन्।

स्थानीय अस्पतालमा उपचाररत चन्द्र कुमारीको उपचारकै क्रममा गत सेक्टेमबर २१ तारिखका दिननै दिउसो ३:५० बजेको समयमा मृत्यु भएको अस्पतालको डाक्टरलाई उद्धत गर्दै सोही कम्पनीमा कार्यरत नेपाली कामदार चक्र मल्लले जानकारी गराउनुभयो।

मलेसिया स्थित नेपाली दूतावास र रोजगारदाता कम्पनी लगायतको सहयोगमा मृतक छन्त्यालको पार्थिव शव अन्तिम दाहसंस्कारको लागी गत शुक्रवार ०४/१२/२०२० का दिन बिहानको ०६:०० बजे मलेसियाबाट नेपाल सम्मको लागी भएको नेपाल एयरलाइन्सको उडान,फ्लाइटबाट नेपाल पठाई सकिएको र परिवारको जिम्मा लगाई सकिएको बताइएको छ।

त्यसैगरी सोही कम्पनीमा कार्यरत नेपाली कामदारहरु मिलेर मृतक चन्द्र कुमारीको घरमा केही सहयोग पुगोस् भन्ने हेतुले मनकारी,सहयोगी ब्यक्तिहरुबाट आर्थिक सहयोग रकम संकलन गरि प्रदान गरेको छ।

चक्र मल्लको अगुवाईमा संकलन गरिएको मलेसियन आरएम ४ हजार ४४६ रिंगेट , नेपाली रु.१ लाख २५ हजार ७०३ रुपैयाँ आर्थिक सहयोग रकम मृतकको आफन्त झगमाया छन्त्यालको नाममा बैंक मार्फत पठाई सहयोग गरिसकेको बताएको छ। मलायाखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *