गरिबीका कारण घरबाट सुन्तला बेच्न बजार हिँडेका १९ वर्षिय अनिलको भिरबाट खसेर मृत्यु

समाचार

काठमाडौ । अर्घाखाँचीको प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीको भिरमा सोमबार एक युवक मृतावस्थामा फेला परेका छन् ।

पाणिनी गाउँपालिका–७ अड्गुरीका १९ वर्षीय अनिल आचार्य भिरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ । घरबाट सुन्तला बेच्न हिजो सुपा देउरालीमा गएका उनी सोमबार मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *