अमेरिकी रक्षामन्त्रीमा बाइडेनले पूर्व आर्मी जनरल अस्टिनलाई चयन गरे

अन्तर्राष्ट्रिय

वासिंटन: अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले रक्षामन्त्रीको रुपमा पूर्वसैनिक जनरल लोयड अस्टिनलाई चयन गरेका छन् । यदी ६७ वर्षीय अस्टिनको नाम अनुमोदन भएमा उनी अमेरिकामा रक्षामन्त्री बन्ने पहिलो अफ्रिकन अमेरिकन समेत हुनेछन् । बाराक ओबामा राष्ट्रपति छँदा ओबामाले पनि उनलाई अमेरिकी सेन्ट्रल कमाण्डको जिम्मा दिएका थिए ।

यसअघि रक्षामन्त्रीको रुपमा सुरक्षा सम्बन्धी बरिष्ठ अधिकारी मिसेल फ्लोरनोयको नाम चर्चामा रहे पनि बाइडेनले केही ढिलो गरी अस्टिनको नाम चयन गरे । तर यो प्रक्रिया सम्पन्न हुन संसदको अनुमोदनको खाँचो भने पर्नेछ । अस्टिन सेनाबाट अवकाश पाएको ७ वर्ष अझै नपुगेकाले उनको नाममा प्रश्न उठ्नसक्ने बताइन्छ ।

अस्टिनले भने यसबारे केही प्रतिक्रिया दिएका छैनन् । बाइडेनले २०२१ को जनवरी २० मा राष्ट्रपति पदको सपथ लिने बताइएको छ । सिएनएनका अनुसार बाइडेनले यही साताको अन्त्यतिर मात्रै अस्टिनलाई रक्षामन्त्रीको प्रस्ताव गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *