रौतहट बमकाण्डका आरोपी मोहमद अफताब आलमका भाई महताफ भारतबाट पक्राउ

समाचार

काठमाडौं २२ मंसिर । रौतहट बमकाण्डका आरोपी मोहमद अफताब आलमका भाई महताफ भारतबाट पक्राउ परेका छन् ।

भारतीय प्रहरीको सहयोगमा नेपाली कांग्रेसका सांसद तथा पुर्वमन्त्री अफताबको भाईलाई भारतको मोतिहारी जिल्लाबाट पक्राउ गरेको हो । उनलाई अहिले रौतहट ल्याइदै छ । उनीहरुमाथि वि. स. २०६४ सालको चुनावको समयमा रौतहटको बमकाण्डमा घाइते भएका दुई जनालाई जिउँदै इट्टाभट्टमा लगेर जलाएको आरोप लागेको थियो ।

मोहमद अफताफलाई नेपाल प्रहरीले गत वर्ष असोजमा उनकै निजी निवासबाट पक्राउ गरेको थियो । हाल उनी नख्खु कारकागारमा जेल जिवन बिताइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *