चर्चित गायक जगतमर्दन थापाको निधन

समाचार

काठमाडौं। चर्चित गायक जगतमर्दन थापाको उपचारका क्रममा निधन भएको छ । ८२ वर्षीय गायक थापाको आज बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।

उनलाई केही दिन अगाडि मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचार पश्चात निको भएका थिए । त्यसपश्चात श्वासप्रश्वासमा समस्या उपत्पन्न भएपछि उनलाई काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उनको आज नै अन्त्यष्टी गरिने छ । असार १७ गते १९९५ मा थापाको जन्म भएको थियो । उनी २०२० देखि गायकमा सक्रिय थिए । थापाको ‘आशाको दियो बालेर’, ‘भन लौ तिमी नढाँटी’ लगायतका गीत चर्चित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *