तारक मेहताका उल्टा चश्माका लेखक अभिषेक मकवानाले गरे देह त्याग, घटना पछि परिवारलाई यस्तो अारोप

समाचार

एजेन्सी । तारक मेहताका उल्टा चश्मा भारतीय टिभीको चर्चित कमेडी शो हो । टिभी शो का लेखक अभिषेक मकवानाले केही दिन अघि देह त्याग गरेका छन् । कोरोनाको जोखिमका कारण जारी लकडाउनका बीच धेरै बलिउड कलाकारहरुले देह त्याग गरेका छन् ।

उनले आर्थिक कारणले यस्तो निर्णय लिनुपरेको भन्ने नोट छोडेका छन् । तर अब उनको परिवारले घटना रहस्यमयी भन्दै अनुसन्धानको माग राखेका छन् । उनीहरुले अभिषेक ब्ल्या’क’मेल र साइबर धोकामा परेको दावी गरेका छन् ।

अभिषेक मकवानाका परिवार र नजिकका साथीले उनको मृत्युपछि पनि त’ना’व दिने खालको फोन आइरहेको जानकारी दिएका छन् । खबरका अनुसार अभिषेक मकवानाको परिवारका अनुसार छोराको मृत्युपछि उनीहरुलाई पनि त’ना’व दिने व्यक्तिको तर्फबाट फोन आइरहेको छ ।

परिवारले भने, ‘उनीहरुले फोन गरेर पैसा मागिरहेका छन् । अभिषेकले ऋण लिने बेला आफ्नो परिवारलाई साक्षी बनाएको उनीहरुले बताइरहेका छन् । अभिषेकले फाइनान्सियल फ्र’डका कारण देह त्याग गरेका हुन् ।’

अभिषेक मकवानाका भाइ जेनिसले मुम्बई प्रहरीलाई दिवगंत लेखेकाका थुप्रै इमेलले पनि फाइनान्सियल फ्र’डको जानकारी पाएको जानकारी दिए । अभिषेकले आफू निकै लामो समयदेखि आर्थिक समस्यासँग जुधिरहेको र त्यसैले आफूले यस्तो खतरनाक कदम उठाएको नोटमा बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *