स्याङजा प्रहरीमा ‘आइ लभ यु बुढी’ अभियान, महिनामा २ दिन घर जानै पर्ने

समाचार

स्याङजा, २१ मंसिर । जिल्ला प्रहरी कार्यालय स्याङजाले प्रहरीको हौसला स्वरुप ‘आइ लभ यु बुढी’ भन्ने नौलो कामको थालनी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आफ्नो मातहतका कार्यलयमा सेवा गर्ने प्रहरी कर्मचारीहरुलाइ प्रत्येक दिन सुत्ने बेला ‘आइ लभ यु बुढी’ भन्नै पर्ने अभियानको थालनी गरेको हो ।

२४ सै घण्टा ड्यूटीमा खटिनु पर्दा घर परिवार संगको सम्पर्क टाडा हुँदै जान थाल्ने र बिस्तारै माया ममता कम हुँदै जाने भएकोले सम्पर्क यथावत राख्न यो अभियान चलाइएको एसपी होविन्द« बोगटीको भनाइ छ ।

स्याङजामा कार्यरत प्रहरीले कम्तीमा एक मिनेट परिवारलाई फोन गर्नु पर्ने त्यसमा श्रीमती हुनेले ‘आई लभ यु बुढी वा छोराछोरी’ नहुनेले बुबा आमालाई फोन गर्नुपर्ने अभियान चलाइएको एसपी बोगटीको भनाइ छ ।

लामो समय परिवारसँग सम्पर्क हुन नसक्दा प्रहरीमा विभिन्न किसिमका घटना घट्ने क्रम बढेकोले त्यसलाई न्यूनीकरण गर्न यो कार्यको थालनी गरेको एसपी बोगटीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयले स्याङजाले यस कार्यलाई प्रभावकारी ढंगले लैजान कार्यालय भित्र फ्रि वाइफाइको व्यवस्था समेत गरेको छ । दिनभर ड्यूटीमा खटिएका प्रहरीले रिचार्ज गर्न नभ्याउने, अफिसमा डाटाले राम्रोसंग काम नगर्ने जस्ता समस्या भोग्दै आएका प्रहरीले यो व्यवस्था गरेसंगै आफूहरुको परिवारसँग सहज सम्पर्क भएको बताएका छन् ।

अहिले यहाँका प्रहरीहरु दैनिक सुत्ने बेला परिवारसँग रमाउने गरेको महिला प्रहरी टीएम पुनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयले परिवारसँगको सम्पर्कलाइ सुदृढ बनाउन प्रहरीको बिदामा पनि लचिलो बनेको छ ।

फोन सम्पर्क सञ्चो बिसन्चोको मात्र माध्यम भएकोले समाज र इस्टमित्र भेटघाट पनि उत्तिकै आवश्यक पर्ने भन्दै विदामा पनि लचिलो बनेको हो । स्याङजामा कार्यारत प्रहरीले इच्छा लागेमा महिनामा २ दिन घर जान पाउने छन् भने ६ महिना भित्र १ पटक घर जानै पर्ने प्रावधान राखेको छ ।

यो प्रावधानले आफू लगायत अन्य साथीहरु पनि खुसी रहेकोले देशभर यो कार्यक्रम लागू भए अन्य प्रहरी साथीहरुको मनोबल उच्च हुँने प्रहरी नायब निरीक्षक महेन्द« काफ्लेको भनाइ छ ।

२४ सै घन्टा ड्युटीमा खटिने प्रहरीको लागि जिल्ला प्रहरी कार्यालय स्याङजाले गरेको नयाँ कामको थालनी प्रशंसनीय छ । यस्ता किसिमको कार्यक्रम देशभर लागू गर्न सके देश र जनताको सेवामा खटिएका प्रहरीको मनोबल उचो हुने विश्वास गरिएको छ । माधब गैह्रे/news24

Leave a Reply

Your email address will not be published. Required fields are marked *