पूर्वराजा शाहलाई दल खोलेर भिड्न पूर्वमन्त्री तामाङको चुनौती

समाचार

काठमाडौं पछिल्ला दिनहरुमा नेपालमा राजतन्त्रका पक्षमा प्रदर्शन चर्कदै गएको छ । यो बीचमा पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य शेरबहादुर तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति दल खोलेर प्रतिस्पर्धामा आउन चुनौती दिनु भएको छ । पूर्वमन्त्री तामाङले पूर्व राजालाई कुनै पार्टीमा आउनुहुन्छ र कुनै पार्टी बनाएर आउनुहुन्छ भने स्वागत छ, प्रतिस्पर्धा गर्न तयार छौं भन्दै चुनौती दिएका हुन् । कसैले सडकमा आएर राजा आऊ भन्दैमा नआउने स्पष्ट पार्नुभयो । उहाँले यो संविधान बाहेक देशमा अर्को संविधान हुन नसक्ने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *