यसरी सुरु भएको रहेछ रमेश र नन्दाको प्रेम, नन्दाको बहिनीले खोले पोल (भिडियो हेर्नुस्)

भिडियो

काठमाडौं । पछिल्लो समय ‘रिंकेबुङको राँगो’को गीतका कारणले चर्चामा रहेका गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिने खबर सार्वजनिक भएपछि उनीहरुको प्रेमका बारेमा निकै चर्चा सुरु भएको छ । रमेशले आफ्नो ३ वर्ष देखिको प्रेम सार्वजनिक गर्दै अब मंसिर २२ गते विवाह गर्ने निर्णय भएको सार्वजनिक गरेका हुन् ।

एबीसी टेलिभिजनमा दोहोरी गीत गाएपछि उनको नाम गायीका कल्पनासंग जोडिएको थियो । तर उनले कल्पनासंग कुनै प्रेम नभएको बताएका छन् । कल्पनासंग दुई महिना अघि मात्र चिनजान भएको रमेशको भनाई छ । दोहोरी गीत गाउँदा गरेको रमाइलोलाई दर्शकले वास्तविक जिवनमा जोडेर गलत प्रचार गरेको बताएका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यता रमेशले विवाह गर्न लागेकी नन्दा कालिकोट निवासी हुन् । उनी पनि दृष्टिविहिन हुन् । उनले आफु दृष्टिविहिन भएपनि समस्यामा परेकाहरुलाई संरक्षण दिने सामाजिक काम गर्दै आएकी छन् ।

नन्दासंगै बाल्यकाल देखि नै पढ्दै र संगै बस्दै आएका साथीहरुले पनि रमेशसंगको प्रेमका बारेमा खुलासा गरेका छन् । दुवै जना दृष्टिविहिन भएका कारण पनि धेरै वर्ष देखि उनीहरुमा सामिप्यता रहेको र तीन वर्ष अघि रमेशले प्रेमको प्रस्ताव राखेको उनका साथीले खुलासा गरिदिएका छन् ।

यहि २२ गते धरानमा नेपाली परम्पराअनुसार थोरै ब्यक्तिको उपस्थितिमा विवाह कार्यक्रम रहेको नन्दाले जानकारी दिएकी छन् । नन्दाको विवाहमा सहभागी हुने भन्दै उनका साथीहरुले पनि तयारी थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *