५ वटा ट्रकमा लैजाँदै गरेको १२१ गोरु बुटवलबाट नियन्त्रणमा

समाचार

बुटवल।  प्रहरीले बुटवलबाट ५ ट्रक गोरु नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेका गोरु बुटवलको अस्पताललाइनबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीले शनिबार बिहान तीन बजेटिर गोरु नियन्त्रणमा लिएको जनाएको छ। ५ वटा ट्रकमा १ सय २१ वटा गोरु राखिएका थिए। प्रहरीले बारा निजगढ नगरपालिका वडा नं. ८ बस्ने ३६ वर्षका गणेश पौडेल,  जितपुर सिमरा नगरपालिका वडा नं.१६ का ३८ वर्षका तिलकबहादुर जिम्बा, निजगढ न.पा. ९ का ५२ वर्षका शम्भु भट्टराई, मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं.१४ बस्ते ३० वर्षका  लक्ष्मण दनै  र बारा निजगढ न.पा. वडा नं. ९ बस्ने ३२ वर्षका नवराज कार्कीलाई पक्राउ गरेको छ।

ना ५ ख ५६५५ नं. को ट्रकमा २२ वटा, ना ८ ख ७३०२ नं.को ट्रकमा २५ वटा, बागमती प्रदेश ०३–००१ ख ०३३३ नं.को ट्रकमा २५ वटा, ना ६ ख ५७१२ नं.को ट्रकमा २३ वटा र ना ५ ख ७५३९ नं.को ट्रकमा २६ वटा गोरु रहेको प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। नियन्त्रणमा लिइएका गोरुलाई क्वारेन्टाइन भैरहवा लगिएको छ।

पछिल्लो समय नेपालबाट अत्याधिक गोरु र गाई तस्करी हुने गरेको छ। केही दिन अघिमात्रै रुपन्देहीको धकधईबाट झापा लैजान लागेका गाई गोरु नियन्त्रणमा लिइएको थियो। annapurnapost

Leave a Reply

Your email address will not be published. Required fields are marked *