खाना खराब दिएको भन्दै दुलही नलिई फर्किए जन्ती

रोचक

एजेन्सी। खाना खराब दिएपछि दुलहीनै नलिई जन्ती फर्किएका छन् । दुईदिन अगाडि भारतमा खानाको विषयमा विवाद हुँदा दुलहीनै नदिएपछि जन्ती रित्तै घर फर्किएका हुन्।

युपीको अलिगढमा भएको विवाहमा खराब खानाको विषयलाई लिएर दुलाहा र दुलहीका बीचमा घमासान झगडा भएको खबर यतिबेला सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । लामो समयसम्म दुई पक्षबीच मेलमिलाप गराउन खोजिए पनि दुबै पक्ष तयार नभएपछि घटना प्रहरीसम्म पुगेको हो।

मेलमिलाप गराउन खोजेपनि दुबै पक्ष तयार नभएपछि बेहुला पक्षले खानाको एक लाख १२ हजार रुपैंया तिरेर जन्ती फर्किएका हुन् । घटना थाना जम्वा इलाको गाउँ समस्तपुर कोटाको भएको हो। बुधबार स्थानीय युवतीसँग बिहेका लागि जन्ती गएका थिए।

जन्तीको स्वागतपछि मध्यरात भोजन चलिरहेको थियो । त्यसैबेला दुलाहाका भाईले खानामा कमी भएको बताए । यो कुरा दुलहीका भाईलाई चित्त बुझेन । पहिले बेहुला र बेहुलीको भाईबीच बहस चल्यो, त्यसपछि दुबै पक्ष हात हालाहालको स्थितिमा उत्रिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *