काठमाडौं । धनकुटाकी सरिता राई अचेल छिनछिनमा आफ्नो मोबाइल हेरिरहेकी हुन्छिन् । २४ घण्टा नै डाटा अन गरेर राखिएको मोबाइलमा केही ‘नोटिफिकेसन’ आउने बित्तिकै आँखा डुलाइहाल्छिन् । उनको रातमा निद्रा र दिनमा चैन हराएको छ।
सरिताको ध्यान सधैँभरि एउटै कुरामा केन्द्रीत छ । कतै श्रीमान्को कल वा सन्देश आयो कि ? उनी यसरी चिन्तित हुनुको कारण हो । भारतले गत अगस्ट ५ गते जम्मू–कश्मीर राज्यलाई दिइएको विशेषाधिकार खोस्ने निर्णय गरेपछि उक्त क्षेत्रमा उत्पन्न परिस्थिति ।
‘मेरो श्रीमान् जम्मू–कश्मीरमै खटिनु भएको छ, पहिलेजस्तो अचेल कुराकानी हुन पाएको छैन, न त भिडिओ कल नै गर्न सकिन्छ । यस्तो भएपछि चिन्ता त लागिहाल्छ नि’ सरिताका श्रीमान् गएको दुई वर्षदेखि भारतीय सेनामा कार्यरत छन् । उनी अहिले जम्मूको पाकिस्तानसँग सीमा जोडिएको क्षेत्रमा खटिएका छन् । कश्मीरमा तनाव बढ्दै जाँदा र भारत–पाकिस्तान सीमा क्षेत्रमा गोुली हाुनाहाुन भएको खबर आउँदा उनलाई श्रीमान्को धेरै याद आउँछ ।
सरिता भन्छिन्, ‘कमसेकम फोन र इन्टरनेट सधैँ चलिदिए हुन्थ्यो । उहाँ कुन अवस्थामा हुनुहुन्छ भन्ने जानकारी त पाइन्थ्यो नि’ हाल सुनसरीको इटहरीमा बसेर स्नातक तह प्रथम वर्षमा अध्ययनरत राईले श्रीमान्सँग धेरै लामो समय पनि बिताउन पाएकी छैनन् । एक वर्षअघि मात्र विवाह बन्धनमा बाँधिएका उनीहरूबीच अगस्ट ५ अघि दैनिक जस्तो कुराकानी हुन्थ्यो । अगस्ट ५ पछि भने एकसाता जति कुराकानी हुनै पाएन ।
अहिले भने जम्मु क्षेत्रमा मोबाइल सेवा फेरि सञ्चालनमा आएपछि एक–दुई दिनमा कुराकानी भइरहेको राई बताउँछिन् । उनले भनिन्, ‘सबै नेटवर्क लाग्दैन रे त्यसैले गर्दा कहिलेकाँही साथीको फोनबाट कुरा गर्नुहुन्छ।’ उनका श्रीमान् दुई महिनाअघि नेपाल आएर फर्किएका थिए । अहिले हरेक दिन सरिता श्रीमान् सकुशल रहुन् भनेर कामना गर्ने गर्छिन् । विभिन्न भगवान्लाई भाकल पनि गर्छिन् ।
‘मेरो सबैलाई एउटै कामना छ, ल,डाइ नहोस् । मेरो मनले सधैँ अहिले त्यो नै सोचिरहेको हुन्छ ।’ उनी आफ्नो मात्र नभएर सबैको चाहना शान्ति होस् भन्ने नै रहेको बताउँछिन् । यसरी चिन्तिन हुनेमा सरिता एक्ली होइनन् । केही दिन अघिसम्म इटहरीकै मञ्जु राईलाई पनि उस्तै चिन्ता थियो । भारतीय फौजमा रहेका उनका श्रीमान् पनि जम्मू–कश्मीर क्षेत्रमै कार्यरत छन् ।
सञ्चार सेवाहरू बन्द भएपछि करिब एक साता सम्पर्कविहीन बनेका उनका श्रीमान् भने अहिले एक महिनाको छुट्टीमा घर आएका छन् । ‘मैले त मेरा छोराहरूलाई पनि उहाँ कहाँ काम गर्नुहुन्छ भन्ने भनेको छैन । जम्मू–कश्मीरमा केही भएको खबर आउने बित्तिकै चिन्ता भइहाल्छ नि ।’ केही दिनका लागि आफ्ना श्रीमान् बिदामा आएका भए पनि उक्त क्षेत्रमा धेरै नेपालीहरू काम गर्ने भएकाले शान्ति भइदिए हुन्थ्यो भन्ने उनी कामना गर्छिन् ।
जम्मू–कश्मीर क्षेत्रमा तनाव बढेसँगै भारतीय सेनामा कार्यरत धेरै गोर्खा सैनिकका पारिवारिक सदस्यहरूले चिन्ता व्यक्त गर्न थालेको जानकारहरू बताउँछन् । एकजना भूतपूर्व भारतीय सैनिक तथा संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ नेपालका उपाध्यक्ष किशोरकुमार राई भन्छन्, ‘धेरैका परिवार नोकरीका लागि भारतमा छन्। त्यसैले अहिले हामीलाई फोन गरेर उहाँहरूले चिन्ता व्यक्त गरिरहनु भएको छ ।’
उनी पहिले जस्तो अहिलेको अवस्थामा लुडाइ भइहाल्दैन भनेर सम्झाउने गरेको बताउँछन् । राई भन्छन्, ‘पहिले जस्तो लुडाइ नभइहाल्ला किनकि आज दुनियाँ खाले हतिुयार छन्, त्यो चलायो भने सबै सखाप हुन्छ । त्यसैले भारत र पाकिस्तान लड्न लागे पनि अरू देशले रोकिहाल्छन् नि ।’
उनले यस्तै तर्क दिएर भारतीय सेनामा कार्यरत परिवारका सदस्यहरूलाई सम्झाउने गरेको जानकारी दिए । तर लुडाइ हुँदा ज्यान पनि दिने प्रतिबद्धता गरेर गएकाले त्यहाँ कार्यरत गोर्खाहरूप्रति भने उनलाई पनि चिन्ता लागिरहन्छ । उनी भन्छन्, ‘हामी त खासमा पेट पाल्नका लागि गएका हौँ नि । तर लुडाइका बखतमा त गोर्खाले फ्रन्टमै लड्नु,पर्छ ।