श्रीकृष्णको फोटो बेडरुममा राख्ने सर्त सहित विवाह गर्दैछिन नायिका श्वेता खड्का

मनोरञ्जन

काठमाडौं। नायिका श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने भएकी छिन् । उनीहरुको विवाह यही मंसिर २२ गते हुने भएको छ । श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृ’त्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । पछिल्लो समय श्वेताले बेडरुममा श्रीकृष्णको फोटो राख्ने सर्तमा विवाह स्वीकार गरेको बताएकी छिन् ।

‘जसले मेरो बेड रूममा श्री हजुरको फोटो राख्न दिन्छ अनि म त्यो मान्छेसंग विवाहको बारेमा सोच्छु ।’ श्वेताले केही समय अगाडी भनेकी थिइन् ।

श्वेता विजयन्द्रको विवाहको कार्ड सार्वजनिक भैसकेको छ । गोकर्ण फरेस्ट रिसोर्टमा उनीहरुको विवाह हुने भएको छ । नायिका खड्काले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको एक महिना नपुग्दै श्रीकृष्णको निधन भएको थियो ।

यो पनि पढ्नुहोस

काठमाडौ । जापानमा भएको कार दुर्घटनामा एक नेपालीको निधन भएको छ । जापानको उत्तरी प्रिफेक्चर होक्काइदोको कितामी शहरमा तीन जना नेपाली चढेको कार दुर्घटना भएको हो ।

दुर्घटनामा निधन हुनेमा कारमा सवार २७ वर्षीय वीरेन्द्र तामाङ रहेको बताइएको छ । अन्य दुई घाइते भएका छन् । दुर्घटनामा घाइते भएका वीरेन्द्रको उपचारका क्रममा निधन भएको हो ।

दुर्घटनामा निधन भएकाको नाम खुलेको भएपनि घाइते दुई महिलाको भने नाम खुलेको छैन । उनीहरुको नेपालको ठेगाना पनि अहिले सम्म पत्ता लागेको छैन ।

दुर्घटना कितामी शहरको राष्ट्रिय राजमार्गको ३९ रुट फुजिमा रुबेसिबे चो कितामी सि क्षेत्रमा भएको हो । दुर्घटना डिसेम्बर ३ तारिख दिउँसो ३ बजेर ३० मिनेटको समयमा भएको थियो । कार सडक किनार देब्रेपट्टिको सडक चिन्हमा ठोक्किएर दुर्घटनामा परेको बताइएको छ ।

निधन भएका तामाङ नाकासिबेचु चो योरोसिमा कार्यरत रहेका थिए । घटना र बिचारमा प्रकाशित समाचारमा प्रहरीका अनुसार तीनै जना आसाहिकावाबाट नाकासिबेचुतर्फ जाँदै थिए, जहाँ उनीहरूको घर रहेको बताइएको छ ।

दुर्घटनाको समयमा सो क्षेत्रमा सडकमा हिउँ रहेको थियो । हिउँमा चिप्लिएरै कार दुर्घटनामा परेको आशंका गरिएको छ । प्रहरीले कार कसरी चिप्लिएर दुर्घटनामा पर्न गयो भन्ने बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *