सपनालाई भेटेर अर्थमन्त्री पौडेलले दिए बधाई

समाचार

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिबीसीको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरलाई भेटेर बधाई दिएका छन्। शुक्रबार अर्थ मन्त्रालयमा मन्त्री पौडेलले सपना रोका मगरसँग भेट गर्दै बिबीसीको एक सय जना प्रभावशाली महिलामा परेकोमा बधाई दिएका हुन्।

नेपाल सरकारले गर्न नसकेको काम व्यक्तिगत स्तरबाट गरेर समाज सेवा गरेको भन्दै अर्थमन्त्री पाैडेलले सपनाको प्रशंसा गरे। अर्थमन्त्री पौडेललाई सपनाले बेवारिसे व्यक्तिहरु र बेवारिसे भएका शवको व्यवस्थापनमा सरकारको सहयोगको अपेक्षा रहेको बताइन्।

उनको माग सुनेपछि अर्थमन्त्री पौडेलले बेवारिसे शव व्यवस्थापनमा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। साथै सपना जस्तो प्रेरणादायी समाजसेवीलाई भेटन पाउँदा खुशी लागेको पनि अर्थमन्त्री पाैडेलले बताए।

यो पनि पढ्नुहोस

काठमाडौं। समाचारको शीर्षक पढेपछि तपाईलाई कौतुहल लाग्यो होला । केटा केटाको पनि बिहे ? त्यो पनि नेपालमा ? विदेशमा केटा–केटा वा केटी–केटीबीच बिहे भएकोबारे तपाईले कतै पढ्नु सुन्नु भएकै थियो होला । नेपालमा पहिलोपटक धार्मिक विधि अनुसार केटा केटाको नै बिहे भएको छ । यो समाचार लेख्दै गर्दा बेहुली बनेका केटा आफ्ना केटा श्रीमानको घरमा भित्रिइसकेका छन्।

यस्तो बिहे शुक्रबार ललितपुरको कुपण्डोलमा भएको हो । रामेछाप घर भई हाल काठमाडौं थानकोट बस्ने सौरभ तामाङ (बेहुला)ले झापाका सुरज खत्री (बेहुली)लाई सिन्दुर हालेर बिहे गरेका हुन् । सौरभले सिन्दुर मात्र हालेनन्, बिहेको जग्गेमा मंगलसुत्र पनि पहिर्याइदिएका छन्। जसरी बिहे मण्डपमा केटा र केटीबीच बिधिपूर्वक बिहे हुन्छ उनीहरुले पनि बिधि पुर्याएर बिहे गरेका हुन्।

बिहेमा बेहुलीले साडी चोलो घुम्टो केही लगाएका थिएनन् । बेहुला बेहुली दुवैले कोट, पाइन्ट, चस्मा र तामाङ समुदायले लगाउने टोपी लगाएका थिए । जग्गेमा पण्डितले मन्त्र पढ्दै बिधिपूर्वक उनीहरुको बिहे गराइदिए । सौरभ र सुरज दुबैजना समलिङ्गी अर्थात ‘गे’ हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *