बा’लिका ह’त्याका फ’रार अभियु’क्त १० घण्टामै पक्राउ गर्ने इन्स्पेक्टर सहित ४ प्रहरी पुरस्कृत

समाचार

धनगढी डोटीमा बालिका ह’त्याका अभियु’क्त अस्पतालबाट फ’रार भएको १० घण्टामै प’क्राउ गर्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) सहितका ४ जना प्रहरी पुरस्कृत भएका छन्।

बझाङकी १२ वर्षीया बालिकाको ह’त्या अभि’योग लागेपछि पुर्पक्षका लागि कारागार च’लान भएका मष्टा गाउँपालिकाका राजेन्द्र बोहोरा जिल्ला अस्पताल डोटीबाट भागेको १० घण्टामै प’क्राउ गर्ने प्रहरी निरीक्षक कान्तिराज जोशीसहितका ४ प्रहरी पुरस्कृत भएका हुन्।

पुरस्कृत हुनेमा प्रहरी निरीक्षक जोशी, प्रहरी सहायक निरीक्षक जगदिशप्रसाद भट्ट, प्रहरी जवानद्वय देवेन्द्र बहादुर सिह र दिनेश सुनार रहेका डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले दिनेशखबरलाई बताए।

उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले रेर्कडमा रहनेगरी नगदसहित पुरस्कृत गरेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए। उनका अनुसार चारै जना प्रहरी जिल्ला प्रहरी कार्यांलयमै कार्यरत रहेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले उत्कृष्ट काम गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड दिने संगठनको नीति रहेको बताए।

उनले अस्पतालमा प्रहरीको निगरानीमै उपचार गराइरहेका अभियु’क्त भागेपनि प्रहरीको सक्रियताले पुन प’क्राउ गर्न सफल भएको बताउँदै इमानदारी पूर्वक कार्य सम्पादन गर्न थप हौसला बढाउन प्रहरीहरुलाई पुरस्कृत गरिएको जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *