काठमाडौं। पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ । बिहिबार बिहान उनको निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ । कोरोना भाइरसबाट संक्रमित भएका स्वाँर हिजो मात्र निको भएका थिए ।
स्वाँरलाई कात्तिक १६ गते कोरोना संक्रमण भएको थियो । ९५ वर्षिया स्वाँरको नर्भिक अस्पतालमा उपचार गरिएको थियो । हिजो मंसिर १७ गते मात्र उनी डिस्चार्ज भएका थिए ।
काठमाडौंको बानेश्वरस्थित घरमै उनको निधन भएको हो । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार हुँदैछ ।
स्वाँर जनमत संग्रहपछि सूर्यबहादुर थापा नेतृत्वमा गृहमन्त्री रहेर काम गरेका थिए । उनका दुई छोरा र चारजना छोरी छन् ।