नेपालको ५० विगाहा जमिन भारतीयले मिचेपनि सरकारले वास्ता नगरेको भन्दै काठमाडौंमा बिरोध धर्ना

Uncategorized

काठमाडौं ।  नेपाल-भारत सीमामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको छन्। यो विषयलाई लिएर काठमाडौं प्रदर्शन भएको हो ।

शुक्रबार ग्रेटर नेपालले मिनभवनस्थित नापी विभागमा पुगेर नेपालको सिमा भारतले मिच्दा समेत सरकारले वास्ता नगरेको भन्दै धर्ना दिएको छ ।  भारतले हालसम्म नेपालको १ हजार ३ सय वर्ग किलोमिटर जमिन मिचेको ग्रेटर नेपालको दाबी छ । सरकारले भने वीरगञ्जमा भारतले नेपालको सीमा नमिचेको स्पष्टिकरण दिएका  छन्।

भारतले नेपाली भूमिका मिचेको भए  पनि  नापी विभागमा महानिर्देशकले वीरगञ्जमा नेपाली भूभाग भारतीय पक्षले मिचेको भन्न नमिल्ने बताए ।

साभार : news24nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *