गलकोटबाट काठमाडौँका लागि उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना

समाचार

बागलुङ। बागलुङको गलकोट नगरपालिकाबाट काठमाडौंको लागि उडेको हेलिकप्टर नुवाकोटको बेलकोटगडी नगरपालिका–६ मा दुर्घटना भएको छ ।

कैलाश हेलिकप्टर सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टरमा चिल चरा ठोकिदा दुर्घटना भएको हो । हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विरजंग भण्डारी सामान्य घाइते हुनुभएको छ ।

हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल र पाइलट अवस्था समान्य रहेको छ । दुर्घटना हुँदा हेलिकप्टरको अगाडी सिसा फुटेको छ । चरा ठोक्एिपछि पाइलटले हेलिकप्टर बेलकोटगडी नगरपालिकाको दुईपिपलमा फोर्स ल्याडिङ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *