ट्रकको ठक्करबाट प्रहरी हवल्दार रामबहादुर विष्टको घटना स्थलमै मृत्यु

समाचार

महेन्द्ननगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको दैजी क्षेत्रमा भएको सडक दुर्घटनामा नेपाल प्रहरीका एक हवल्दारको मृत्यु भएको छ ।

महेन्द्नगरबाट अत्तरीयातर्फ जाँदै गरेको से १ क १४०६ नम्बरको ट्रकले लु १२ प ५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दार रामबहादुर विष्टको घटनास्थलमै मृत्यु भएको हो ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका प्रहरी हवल्दार विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरअन्तर्गत प्रहरी चौको झोलुङ्गेमा कार्यरत थिए ।

आइतबार बिहान कार्यलयतर्फ जाँदै गरेका विष्ट सवार लु १२ प ५१५ नम्वरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको से १ क १४०६ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार प्रहरीले दुर्घटना गराउने ट्रक र त्यसका चालक यज्ञराज भट्टलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *