ललितपुर नगर प्रहरी प्रमुख हाछेथुलाई काेराेना सङ्क्रमण पुष्टी

समाचार

ललितपुर – ललितपुर महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथुलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उहाँ अहिले आफ्नै घरमा आइसोलेशनमा बस्नुभएको छ ।

केही दिनअघि उच्च ज्वरो आएपछि परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो । हाछेथुको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *