महानगरलाई रेखाको प्रश्न : रत्नपार्कको नाम फेर्न हतार गर्नेले त्यही छेउमा बस्ने गरिबको भोक नदेख्ने?

समाचार

काठमाडौं। काठमाडौं महानगरपालीकाले रत्नपार्कको नाम फेरेर संखधर साख्वा उद्यान नामाकरण गरिसकेको छ। रत्नपार्कको नाम फेर्न हतार गरेको महानगरपालीकाले त्यही नजिक भात खानका लागि विहानदेखि कुर्ने, र त्यही भातकै लागि भनेर एक घण्टाको बाटो हिँडेर आउने गरिब निमुखालाई नदेखेको आरोप लाग्दै आएको छ।

नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाले पनि यस बारे चासो र चिन्ता व्यक्त गर्दै प्रश्न उठाएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत गरव निमुखाको बारेमा कसैले पनि कुरा नउठाएको बताएकी छन् । रत्नपार्कको नाम फेर्न हतारो गर्नेले त्यही नजिकका गरिब नदेखेको गुनासो समेत पोखेकी छिन् ।
उनको फेसबुकको स्टाटस जस्ताको त्यस्तै :‘रत्नपार्कको नाम फेर्ने र जोगाउने ध्याउन्नमा लागि रहँदा, छेउको बसपार्कमा भुइमा बसेर खाना पर्खेको गरिव निमुखाको बारेमा बोल्ने कस्ले हो ? ‘कि राजनीति भनेको नामको खेल मात्रै हो ? भनेर उनले प्रश्न समेत उठाएकी छन्

रत्नपार्कको नाम फेर्ने र जोगाउने ध्याउन्नमा लागि रहदा, छेउको बसपार्कमा भुइमा बसेर खाना पर्खेको गरीव निमुखा को बारेमा बोल्ने कस्ले हो ? कि राजनीति भनेको नामको खेल मात्रै हो?

Posted by Rekha Thapa on Wednesday, November 25, 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *