बुवा हराए, आमा पोइला गइन् : दुई बालिका अलपत्र

समाज

बैतडी । दशरचन्द नगरपालिका–९ ग्वाल्लेकका ९ बर्षिया अनुष्का पाण्डे र ७ बर्षिया बिनिता पाण्डे अढाई बर्षदेखि आमाको संरक्षणमा थिए । दुबै जना छोरीलाई अलपत्र छोडेर कार्तिक २ गते आमा सम्पर्कबिहिन भएपछि फूलजस्ता दुबै बालिका अलपत्र छन्।

बुवा प्रकाश पाण्डे अढाई बर्ष अघि नै भारतको दिल्लीबाट बेपत्ता थिए । त्यसपछि आमाले समेत सुईकुच्चा ठोकेपछि उनकै संरक्षणमा बाँचिरहेका बालिकाहरुको कन्तबिजोग भएको छ ।

आमा गंगा पाण्डे तिहारमा चार बर्षिया छोरी ज्योतीलाई बोकेर माइत गएकी थिइन् । उनि उतैबाटै सम्पर्कबिहीन भएको स्थानीय सुवाश पाण्डेले बताए । सुवास अनुष्का र बिनिताका काका हुन । अहिले दुबै जनालाई उनैले संरक्षण दिएका छन्।

९ बर्षिय अनुष्का अहिले ४ कक्षा र ७ बर्षिया बिनिता १ कक्षामा पढ्छिन् । आमाले छोडेर गएपछि कयौं दिनसम्म दुबै छोरीहरुले रोएर हैरान पारेको काका सुवासले बताए । ‘सुरुका केही दिन रोएको रोयै गर्थे । अहिले पनि आमाको याद आयो भने रोईरहन्छन्’ सुवाश भन्छन– ‘आफैले जन्म दिएका लोभलाग्दा छोरी यत्तिकै छोडेर जाने आमा कस्ती होलिन ?’

सुवाशको दुबै जना बालिकाहरु लगायत सात जनाको परिवार छ । तर आय आर्जनको स्रोत केही छैन् । भारतमा गएर मजदुरी गर्ने उनी कोरोना महामारीपछि बेरोजगार बनेका छन् ।

‘सुक्खा डाँडोमा दुई चार गरा छन । त्यहाँ फलेको अन्न दुई तीन महिना पनि पुग्दैन ।’ सुवास भन्छन– ‘खान लाउन धौं धौं भएको बेला यि बालिकाहरुलाई कसरी पढाउने ?

कसरी पालन पोषण गर्ने ? ९ कक्षा पढ्दै गर्दा ४ बर्ष अघि बिहे गरेका उनले बिहेको ऋण अझै तिर्न नसकेको उनी बताउछन्। आफन्तका अनुसार सम्पर्क बिहिन भएपछि गंगाको मोबाईल अफ छ । उनि पाटनतिर अर्को पुरुषसँग भागेर गएको उनिहरुले आशंका गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *