काठमाडौं । एमसिए नेपालका प्रमुख इन्जिनियर सुरेश यादवको निधन भएको छ।
अमेरिकी दूतावासले यादवको निधनमा शोक व्यक्त गरेको छ।
एमसीए अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को नेपाली संस्था हो।
यादवको कोरोना संक्रमणका कारण निधन भएको बताइएको।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार उनी एमसीए नेपालको ट्रान्समिसन लाइनका प्रमुख इन्जिनियर थिए।
राजदूत रेण्डी बेरीले इन्जिनियर यादवको निधनप्रति दुःख व्यक्त गरेका छन्।
I'm deeply saddened to read Mr. Suresh Yadav, Lead Engineer-Transmission Lines at @MCA_Nepal, passed away because of COVID19-related complications on Nov 23. I join the US Mission Nepal family to express our heartfelt condolences to his family, colleagues, & loved ones. 🙏 pic.twitter.com/FNwOSobl76
— Ambassador Randy Berry (@USAmbNepal) November 25, 2020