बाँदरको शि’कार गर्ने क्र’ममा राउटे समुदायका १६ बर्षिय टेक बहादुर शाहीको मृत्यु

समाचार

दैलेख। बाँदरको शिकार खेल्न जाँदा राउटे समुदायका १६ बर्षिय टेकबहादुर शाहीको मृत्य भएको छ । मंगलबार अन्य राउटे समुदायसँग बाँदरको शिकार खेल्न जाँदा सुर्खेतको चिङ्गाड गाउँपालिका–५भिरबाट लडेर मृत्यु भएको हो ।

बाँदरको शिकार खेल्न जाँदा राउटे समुदायका १६ बर्षिय टेकबहादुर शाहीको मृत्य भएको छ । मंगलबार अन्य राउटे समुदायसँग बाँदरको शिकार खेल्न जाँदा सुर्खेतको चिङ्गाड गाउँपालिका–५भिरबाट लडेर मृत्यु भएको हो ।

राउटे समुदायका युवा र किशोरहरू खाना खाएर नजिकैको जंगलमा मंगलबार दिउँसो बाँदरको शिकार गर्न गएका थिए । शिकार गर्ने क्रममा मटेला खोला नजिकैको भीरबाट लडेर मृत्यु भएको सोसेक दैलेखमार्फत् सञ्चालित राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले बताए । ‘टेकराज भर्खर पढ्न थालेका थिए । पढन र लेख्न सिक्दै गरेका मृतक नाम लेख्न जान्ने भएका थिए ।’ खत्रीले भने ‘तर १६ बर्षिय किशोरको पढने रहर पुरा हुन सकेन ।’

राउटे समुदायमा अहिलेसम्म कसैले औपचारिक शिक्षा लिएका छैनन् । राउटे परियोजनामार्फत समुदायमै अनौपचारिक कक्षा सञ्चालनमा हुने गरेको छ । तर राउटे समुदाय स्थायी बसोबास लेखपढ,खेतीपातीलाई महाशत्रु ठान्ने हुनाले राउटे परियोजना शिक्षक मुखिया र अभिभावकलाई लुकीछिपी,बालबालिका ललाई फकाई गरेर पढाउने गरेका छन् । मृतक शाहीको परम्परा अनुसार मंगलबार नै अन्त्येष्टि गरिएको राउटेका मुखिया विरबहादुर शाहीले बताए । राउटे समुदायमा अहिले ४४ घरपरिवारमा १४५ जना रहेका छन् । राउटे समुदायलाई गुराँस गाउँपालिकाले परिचय पत्र समेत दिएको छ । राजधानीन्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *