रुपन्देही । बुटवलमा अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेललाई प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसका कार्याकर्ताहरुले कालो झण्डा देखाउँदै बिरोध प्रदर्शन गरेका छन् । बुधबार नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले पुरानो बसपार्क क्षेत्रमा मन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन्।
आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रममा हिँडेका मन्त्री पौडेललाई बुटवलबाट सैनामैनातर्फ जाने क्रममा उनीहरूले कालो झण्डा देखाएका हुन्।
बालुवाटारको सरकारी जग्गा आफ्ना छोराको नाममा गराएको र वर्तमान सरकार एकपछि अर्को ठूला भ्रष्टाचारमा मुछिएको हुँदा पौडेललाई कालो झण्डा देखाएर विरोध गरिएको प्रदर्शनकारीहरुले बताएका छन् ।
उनीहरुले पौडेलले मन्त्रीपदसँग प्रदेशको राजधानी साटेको भन्दै उनकाविरुद्ध नाराबाजीसमेत गरेका हुन्। जनतासमाचार