पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु, महिला यात्रु ग’म्भीर घाइते

समाचार

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । सोमबार दिउँसाे फेवातालको सिरान खपौदी क्षेत्रमा ल्यान्डिङ गर्ने क्रममा ल्यान्डिङ एरियाभन्दा झन्डै डेढ किलोमिटर माथि जमिनमा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलट पोखरा–२८ कालीकाका ३८ वर्षीय राजु नेपालीको मृत्यु भएको कास्की प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा यात्रु काठमाडौं बूढानीलकण्ठ–२ की २८ वर्षीया शीला श्रेष्ठ ग’म्भीर घा’इते भएकी कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले बताए ।

छाति र खुट्टामा चोट लागेकी उनकाे सिर्जना चोकस्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *