मोटरसाइकलको ठक्करबाट स्कुल जाँदै गरेकी ६ वर्षीया आरतीको घटनास्थलमै मृत्यु

समाचार

मंसिर ८ गते ।

धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ४ कृष्ण मन्दिर नजिक मोटरासइकलको ठक्करबाट स्कुल जाँदै गरेकी एक बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा बटेश्वर गाउँपालिका २ भूचक्रपुर बस्ने स्थानीय विष्णुदेव ठाकुरकी ६ वर्षीया छोरी आरती ठाकुर छन् ।

सोमबार बिहान महाबीर बोर्डिंग स्कुल जाँदै गरेकी आरतीलाई ज ११ प १५१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको बटेश्वर प्रहरीचौकीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक श्रीप्रसाद ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *