मलेसियामा फेरी घट्यो अर्को दुखद घटना, सुरक्षा गार्डमा कार्यरत पुर्ण सिंह रावत को सुतेकै ठाउँमा निधन

समाचार

मलेसिया- वैदेशिक रोजगारीको निम्ति मलेसियामा सेक्रेटरी गार्डमा कार्यरत एक नेपाली श्रमिकको राती सुुुुतेकैै अवस्थामा मृत्यु भएको छ।नेपालको ठेगाना सल्यान जिल्ला बन्गाड कुपिन्डे नगरपालिका वडा नम्बर ७ गैरिकटेरी का ४२ बर्षिय पुर्ण सिंह रावत बिगत ११ महिनादेखि मलेसियाको सुबाङ्गजायामा स्मार्ट टास्क सेक्रेटरी कम्पनीमा सुरक्षागार्डमा काम गर्दै आएका थिए।

नोभेम्बर १९ तारिख बिहिवारको दिन दिनभर नियमित ड्युटी गरेर कोठामा आएर राती खान पिन खाएर सकुशलनै सुतेको पुर्ण सिंह रावत राती मृत अवस्थामा फेला परेको सोही कम्पनीमा कार्यरत अर्का एक नेपाली श्रमिक मोहन ओलीले जानकारी गराउनुभयो।मृतक पुर्णको राती सुतेको बेला घुर्ने बानी रहेको तर त्यस् दिन राती एकपटक पनि नघुरेको कारण मनमा सङ्का लागेर संगै सुत्ने साथीहरुले बिहान करिब ३ बजेतिर उठाउन खोज्दा नउठेपछि मृत्युु भएको अवस्थामा फेला पारेको बताए।

मलेसियामा यसरी ज्यान गुमाउने पुर्ण सिंह रावत पहिलो व्यक्ति भने होईनन्, नेपाली कामदार हरूको पछिल्लो तथ्याङ्क अनुसार हेर्ने हो भने यसरी ज्यान गुमाउने हरूको सङ्ख्या दैनिक बढिरहेको पाईन्छ।

मलेसियामा यसरी ज्यान गुमाउने पुर्ण सिंह रावत पहिलो व्यक्ति भने होईनन्, नेपाली कामदार हरूको पछिल्लो तथ्याङ्क अनुसार हेर्ने हो भने यसरी ज्यान गुमाउने हरूको सङ्ख्या दैनिक बढिरहेको पाईन्छ। Official Samachar

Leave a Reply

Your email address will not be published. Required fields are marked *