आमा मलाई छिटो लैजानु न गार्हो भैसक्यो भन्दै त्रिभुवन बिमानस्थलबाट हात हल्लाउंदै गएको छोराको उतै निधन, बा-आमा रुँदै नेपाल फर्किए (भिडियो)

भिडियो

काठमाडौ। काठमाडौको मनमैजुमा बस्ने राजेश राईको कलेजोमा समस्या भएको नेपालका चिकित्सकले बताएका थिए । उपचारमा ठूलो रकम खर्च हुने भएकाले उनको उपचारका लागि आर्थिक संकलन पनि गरिएको थियो । उपचारका लागि भन्दे राजेशलाई भारत लगिएको थियो । उनको बुवाले राजेशलाई कलेजो दान गर्ने निर्णय गरेका थिए।

छोरालाई निको बनाएर ल्याउने आशामा भारत गएका उनका अभिभावक अहिले रुँदै नेपाल फर्किएका छन् । राजेशको उपचारका क्रममा निधन भएको छ । छोरा उतै अस्ताएपछि बुवा रामकुमार राई अहिले रुँदै नेपाल फर्किएका हुन्।

सामाजिक सञ्जाल, युट्युव मार्फत आह्वान गरिएको सामाकिज अभियान मार्फत २० लाख रुपैया संकलन भएपछि राजेशको परिवार १५ दिन अघि भारत गएका थिए राजेशको पेट दुखीरहने भए पछि उपचारका क्रममा कलेजो ट्रान्सप्लान्ट गर्नुपर्ने चिकित्सकले बताएका थिए। उपचारका लागि भारतमा चिकित्सकसंग समय लिइसकेका कारण उनीहरु ८ तारिखमा उनीहरु भारत लागेका थिए।

तर भारतका चिकित्सकहरुले उनको कलेजोमा समस्या नभएको र उपचारका लागि आउन निकै ढिलो भइसकेको जवाफ दिएका थिए। उनीहरुले एक वर्ष अघि नै उपचारका लागि आएको भए मात्र बचाउने सकिने जवाफ दिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *