फेरि अर्को दुखद खबर – विर्तामोडमा दुर्घटना

Uncategorized

बाक्लो हुस्सुका कारण झापाको बिर्तामोड नगरपालिकास्थित चारपाने चोकमा बस र ट्रिपर ठोक्कि‌ंदा बाह्र जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १६४४ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ७१९६ नम्बरको ट्रिपर ठोक्किएका थिए।दुर्घटनामा बसमा सवार १२ जना यात्रु घाइते भएको प्रहरीले बताएको छ।

घटनामा घाइतेमध्ये विर्तामोड–१ का जेफिर आलमको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। उनको बी एण्ड सी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ। अरु घाइतेलाई उपचारका लागि बिर्ता सिटी अस्पतालमा भर्ना गरिएको छ।source annapurnapost

Leave a Reply

Your email address will not be published. Required fields are marked *