तपाईंहरुको शुभकामना र सद्भावको कारण म स्वस्थ भएको भन्दै मनोज गजुरेलले लेखे यस्तो स्टाटस

समाज

७ मंसिर, काठमाडौँ । हाँस्य कलाकार मनोज गजुरेलले सामाजिक सञ्जालमार्फत आफू आराम रहेको जानकारी गराएका छन् ।
स्टाटससहित तस्विर राख्दै उनले आफू पूर्ण स्वस्थ रहेको जानकारी गराएका हुन् ।

कोभिड १९ संक्रमणका कारण आइसियुमा पुगेर १९ दिनको अस्पताल पछि घर फर्किएका गजुरेलले सबैको सद्भाव र शुभकामनाका कारण आफू स्वस्थ भएको भनेका छन् ।

उनले लेखेका छन् : ‘आराम छु, आराम चाहान्छु । तपाईंहरुको शुभकामना र सद्भावको कारण आजको मेरो स्वास्थ्य यस्तो छ । सबैलाई धन्यबाद । सधैंलाई धन्यबाद ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *