तीन लाख २० हजार घुस लिँदै गर्दा नायवसुब्बा सहित २ कर्मचारी पक्राउ परे

समाचार

तुलसीपुर । दाङको तुलसीपुर स्थित मालपोत कार्यालयका वरिष्ठ नायवसुब्बा सहित २ जनालाई अख्तियारको टोलीले घुस सहित रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कार्यालयका वरिष्ठ नायवसुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेका छन् । सेवाग्राहीसंग जग्गाको मोठ कायम गरिदने भन्दै ३ लाख २० हजार रुपैयाँ बुझ्दै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगंजबाट आएको टोलीले पक्राउ गरेको हो ।

२०२६ सालमा जग्गाको नापी भए पनि मोठ कायम नभएपछि मिलाईदिने भन्दै ४ लाख रुपैयाँ सेवा ग्राहीसंग कर्मचारीले मागेको आरोप लागेको छ । यस अघि विभिन्न दुईपटक गरेर ८० हजार रुपैयाँ सेवग्राहीसंग लिसकेको सम्पर्क कार्यालयका प्रमुख भेषराज रिजालले जानकारी दिए । पक्राउ परेका दुबैजनालाई नेपालगञ्ज लगिएको छ । मोठ कायम सम्पन्न भएपछि दिने भनेपनि कर्मचारीले काम सम्पन्न गर्नुभन्दा अघिनै मागेपछि सेवाग्राहीले शुक्रबार पैसा बुझाउन लागेका थिए । स्रोतका अनुसार अख्तियारले ४ महिनादेखि मालपोतका कर्मचारीको पिछा गर्दै आएको थियो । राजधानीन्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *