काठमाडौ । देशको सर्वोच्च पद राष्ट्रपतिमा महिला आसिन छिन्। प्रधान्यायाधिशमा पनि नेपालले पहिलो पटक महिला पाइसकेको छ। सदनभित्र सभामुख पद पनि महिलाकै हातमा पुगेको थियो । अधिकांश स्थानीय सरकारमा उपप्रमुख महिला छन् । केहीमा प्रमुख नै महिला छन् । यो सुखद श्रृंखलामा अर्को खबर पनि थपिएको छ। के भने, सेनाभित्र पनि एउटा छुट्टै महिला गुल्मको तयारी भएको छ । जसको अगुवाइ सैनिक अधिकृत महिलाले नै गरेकी छिन् ।
त्यसपछि उनले सेनाको मनोवैज्ञानिक शाखा, सुदुरपश्चिम पृतना हेडक्वार्टर र राष्ट्रिय सेवा दलमा काम गरेकी थिईन्। सेनानी खड्कासंग शान्ती स्थापनार्थ सुडानमा समेत काम गरेको अनुभव छ। खड्का बेसिक आर्टीलरी भएपनि प्रायजसो इन्फेन्ट्री युनिटमा बसेर काम गरेकी छन्। सेनानी खड्काको क्षमता र कार्य दक्षताको आधारमा यो पद दिईएको नेपाली सेनाले जनाएको छ। नेपालमा नेपाली सेनाको ४ सय ५८ वर्षको ईतिहास रहेको छ।
पहिलो महिला गुल्मको गुल्मपति भएकी छिन् सेनानी सृष्टी खड्का। ८० देखि १ सयको संख्यामा जनशक्ति गुल्ममा चाहिन्छ। सेनाका प्रवक्ताको पुष्टि अनुसार, ‘नयाँ गुल्मको नेतृत्व मेजर सृष्टि खड्काले गरेकी छिन् ।’ उपत्यका पृतनाभित्र रहने गरी सेनाले तयार गरेको महिला गुल्मको अगुवाइ गर्ने सेनानी खड्का २०६१ माघ १७ मा अधिकृतका रुपमा नेपाली सेनामा प्रवेश गरेकी हुन्। उनको पहिलो पोष्टिङ राजदल गणमा भएको थियो।