बोलेरो दुर्घटना हुँदा १० वर्षिया बालिकाको निधन, अन्य घाइतेलाई काठमाडौं ल्याइदै

समाचार

मेछाप सुनापती गाउँपालिका–४ बेथानमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।

काठमाडौंबाट दोरम्बा गाउँपालिकातर्फ जादै गरेको बा १० च ५५९८ नम्बरको बलोरो जीप दुर्घटना हुँदा एक जनाको निधन भएको छ भन नौ जना गम्भीर घाइते भएका छन् ।

नापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खडक घिसिङले गाडी दुर्घटनामा परी करिब १० बर्षिय बालिकाको निधन भएको जानकारी दिए । उनका अनुसार गाडीमा १२ जना सहभागी रहेका थिए ।

गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका पाँच जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको बताउदै घिसिङले बाँकीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको बताए ।

त्यस्तै रामेछापको मन्थली नगरपालिकाको मच्छेडाँडीमा भएको ट्याक्सी दुर्घटनामा परी चालकसहित ८ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते हुनेहरुमा रामेछापको मन्थली नगरपालिका ८ चिसापानी बस्ने २३ वर्षीया विना मगराती, उनको ७ वर्षीया छोरी विपना मगराती र १८ महिने छोरा रहेका छन् ।

यस्तै, झापाकी २७ वर्षीया गंगा बस्नेत उद्कोद ६ वर्षीया छोरी प्रेरणा वस्नेत, ३ वर्षीय छोरा प्रेम वस्नेत र सोही स्थानका चालक ५६ वर्षीय चिरञ्जीवि वस्नेत रहेका छन् ।

यसैगरी, सोही दुर्घटनामा परी मन्थली नगरपालिका ४ सालुका ३४ वर्षीय रामकुमार विसुन्खे पनि सोही दुर्घटनामा परी घाइते भएका छन् ।

मन्थली नगरपालिका ४ सालुबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ क ९४४ नम्बरको ट्याक्सी सोही नगरपालिकाको वडा नम्बर १ स्थित मच्छेडाँडीमा भएको दुर्घटना परी उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले बताए । श्रेष्ठका अनुसार उनीहरु सबैको तामाकोशी अस्पताल मन्थलीमा उपचार भइरहेको छ । सबै जनाको अवस्था सामान्य रहेको छ । केटीएमदैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *