अान्दाेलन उग्र: क्षेत्रीय प्रशासन कार्यालयमा आगो दन्काइयाे, ट्राफिक पोस्ट पनि खरानी

Uncategorized

अान्दाेलन उग्र: क्षेत्रीय प्रशासन कार्यालयमा आगो धन्काइयाे, ट्राफिक पोस्ट खरानी । अान्दाेलन उग्र: क्षेत्रीय प्रशासन कार्यालयमा आगो धन्काइयाे, ट्राफिक पोस्ट खरानी….. ४ माघ, काठमाडौं । प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनकुटावासीले क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन् ।

अान्दाेलनकारीहरूले बिहीबार बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टरलगायतका सामग्री जलेर नष्ट भएको छ ।

आन्दोलनकारीले झ्याल ढोका समेत तोडफोड गरेका छन् । आगजनीबाट हेल्लो सरकारको कोठा जलेर पूर्ण रुपमा नष्ट भएको धनकुटा प्रहरीको सञ्चार शाखाले जनाएको छ ।

ट्राफिक पोस्टमा आगजनी

प्रदेश नम्बर ७ को अस्थायी राजधानी दीपायलमा हुनुपर्ने माग गर्दै आन्दोलन गरेका प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीको ट्राफिक पोस्टमा आगजनी गरेका छन् ।

दीपायल कुलपाटेमा रहेको ट्राफिक प्रहरी पोस्टमा उनीहरुले आगो लगाएका  हुन् ।  जस्ताले बारेर बनाइएको घरमा राखिएको ट्राफिक पोस्ट जलेर पुरै जलेर नष्ट भएको छ ।   सरकारले प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा तोकेको छ ।

अनलाइनखबर र उज्यालाेअनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *