अर्घाखाँचीका ३६ वर्षिय प्रेमको कोरोनाका कारण मृत्यु

समाचार

अर्घाखाँची । अर्घाखाँचीमा ३६ वर्षिय प्रेम विसिकाे काेराेनाका कारण मृत्यु भएको छ । अर्घाखाँची जिल्लामा शितगंगा निवासी प्रेम बिसी रिटर्नी माइग्रेट नेपाल अर्घाखाँची का सक्रिय सदस्य समेत रहेका थिए । रिटर्नी माइग्रेट नेपाल अर्घाखाँची का अध्यक्ष बसन्त केसी ले घटना प्रति दुख व्यक्त गरेका छन । अर्घाखाँची जिल्लामा शितगंगा नगरपालिका वडा नम्बर २ घर भई सन्धिखर्क नगरपालिका वडा नं १ मेनराेडमा ईलेक्ट्रिक व्यवसाय गर्दै आएका ३६ बर्षिय प्रेम विसिकाे उपचारकाे क्रममा भैरहवा मेडिकल कलेजमा बुधबार मृत्यु भएको हो ।

बिसीकाे कार्तिक २४ गते स्वाव संकलन गरि २५ गते काेराेना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल ले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *