बर्लिन- लाइप्चिग युनिभर्सिटी,जर्मनीमा चिकित्साशास्त्र अध्ययनरत सोनिया पौड्याल फ्रिडरिस-एबट छात्रवृत्तिबाट सम्मानित भएकी छन्। जर्मनीको दोस्रो ठूलो राजनीतिक पार्टी ‘सोसियल डेमोक्राटिक पार्टी’(एस.पि.डी) निकट छात्रवृत्ति हो।

सन् १९२५ मा राष्ट्रपति फ्रिडरीस एबटको नाममा स्थापना भएको उक्त छात्रवृत्ति युनिभर्सिटीमा प्राप्त अंक, राजनीतिक विश्लेषणको क्षमता र सामाजिक काममा संलग्नताको आधारमा प्रदान गरिँदै आएको छ। सम्पूर्ण मापदण्ड पुगेका विद्यार्थीको क्षमताको सूक्ष्म अध्ययन र २ विभिन्न क्षेत्रका प्रोफेसरसँगको अन्तर्वार्तापछि मात्र उत्कृष्ट विद्यार्थीलाई छनोट गर्ने प्रावधान छ।
निःशुल्क चिकित्साशास्त्र अध्ययनरत पौड्यालले उक्त छात्रवृत्तिबाट मासिक एक हजार युरो (नेरु १ लाख ४० हजार) ४ वर्षसम्मका लागि प्राप्त गर्ने भएकी छन्। यसका साथै उनी जर्मनीमा हरेक वर्ष हुने राजनीतिक समारोह, मिटिङका साथै सेमिनारमा भाग लिन पाउने भएकी छन्। छात्रवृत्ति पाएपछि पौड्यालले भनिन्‚ ‘यसले मेरा लागि जर्मनीको राजनीतिक तथा सामाजिक धरातल बुझ्ने अवसर प्रदान गर्नेछ। यो मार्फत भविष्यमा नेपालको स्वास्थ्य तथा राजनीति क्षेत्रमा केही टेवा पुग्नेछ।’
यो छात्रवृत्ति नेपालको पनि गरिमा बढाउनुका साथै नयाँ पिँढीलाई पनि प्रोत्साहन मिल्न सक्ने कुरा पनि उनले थपिन्। स्वास्थ्यखबर