चिनियाँ राजदूत यान्छीलाई आफ्नै मर्यादामा बस्न कांग्रेस नेता खतिवडाको चेतावनी !

समाचार

काठमाडौं – नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले चिनियाँ राजदूत होउ यान्छीलाई आफ्नो मर्यादामा बस्न चेतावनी दिएका छन्। राजदूत यान्छीलाई खतिवडाले कुटनैतिक मर्यादामा बसेर जिम्मेवारी बहन गर्न सुझाव दिएका हुन् ।

खतिवडाले बुधबार बिहान ट्वीट गर्दै राजदूत यान्छीको गतिविधि र क्रियाकलापको आलोचना गरेका छन् । सत्तारुढ नेकपाको आन्तरिक विवादमा हरेक पटक जोडिने राजदूत यान्छीले हिजो मात्रै राती आठ बजेदेखि १० बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेकी थिइन्।

‘नेकपा भन्ने पार्टीको सर्बोच्च नेता यी चीनको राजदूत हुन जस्तो लाग्न थाल्यो । दोस्रो नेता राष्ट्रपति’, ट्वीटमा खतिवडाले भनेका छन्, ‘अरु नेता कार्यकर्ता यिनैका आदेशमा चल्ने हुन् जस्तो अहिलेको भेटघाटबाट बुझिदै छ । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखले राति भेटेको समाचारपछि चीनको राजदूत पनि प्रधानमन्त्री भेट्न् रातिनै जानुपर्ने ?’ मिडिया डबली

Leave a Reply

Your email address will not be published. Required fields are marked *