काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारबाट घिसारेर निकाल्ने नेकपाकै शुभचिन्तक तथा टिप्पणीकार दिल निशानीले चेतावनी दिएका छन्।
प्रचण्डलाई मुद्दा लगाउने कुरा उठेपछि दिल निशानीले राजा ज्ञानेन्द्रको झै केपी ओलीको हालत बनाइदिने समेत बताएका छन्।
पछिल्लो समय केपी र प्रचण्डबिच फाटो छ । दिल निशानी प्रचण्ड निकट मानिन्छन् । केपीका बिश्वासपात्र गोकुल बाँस्कोटाले प्रचण्डलाई मुद्दा चलाउने कुरा उठाएपछि उनको यस्तो प्रतिक्रिया आएको हो।
दिल निशानी ट्वीटरमा लेख्छन्, ‘२५० बर्ष शासन गरेका राजा ट्रकमा लुगाफाटो राखेर मध्यराती निस्केर गए । प्रचण्डको सहयोगमा प्रधानमन्त्री बनेका झापाली माईलोको यत्रो फूर्ती?’
उनको ट्वीटमा प्रतिक्रिया दिँदै डा. एलिया अयार्ल नामक प्रयोगकर्ता लेख्छन्, ‘त्यहि प्रचण्ड पुत्रले गर्दा आफू अरबी मियाको गेटपाले छोडेर युरोप पुगेको पनि नबिर्सौ है।
प्रचण्ड छोरा प्रकाश दाहाल स्वर्गे भएसि टुहुरा छन्, एक्ला छन् । माकुनेले बोकेर नै प्रचण्ड पतन सुरु भैसकेको छ।
पतन हुने दिन टाडा छैन, त्यो प्रचण्डलाई भ ड्खा डो मा हाल्ने अरु नभएर लास्टमा माकुने नै हुनेछन्।’
उनको यो ट्वीटमा ब्यापक बहस सुरु भएको छ । नेत्रप्रसाद नेपाल नामका अर्का ट्वीटर प्रयोगकर्ता लेख्छन्, ‘तपाईंको प्रचण्डको आठ दश सिटलाइ ५३ मा पुर्याउने केपी।
तपाईंको प्रचण्डको सहयोगमा प्रधानमन्त्री पार्टी फुटाएर माओवादी मात्रै चुनाव लडेर पाँच सिट नगाएर देखाउनुस् त दिल निसानी हेरौं । खुट्टा हेर्दा थाहा हुन्छ।’