महिलाद्वारा छुरा प्रहार गरी युवकको हत्या,कारण थाहा पाएपछि जेलबाट मुक्त गरिदियो प्रहरीले

Uncategorized

कञ्चनपुर, माघ २ –कञ्चनपुरको महेन्द्रनगरमा एकजना युवकको चक्कू प्रहार गरी हत्या भएको छ । भीमदत्त नगरपालिका–१८, कटानमा भाडामा बस्दै आएका बैतडीको दशरथ नगरपालिका–२, देहिमाडौं घर भएका २५ वर्षीय राजु बोहराको चक्कू प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।बोहरासँगै २ महिनादेखि कोठामा बस्दै आएकी धनगढी उप–महानगपालिका–३, चटकपुरकी ३० वर्षीया धर्मा बोहराले हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सोमबार राति झण्डै १ बजे धर्माले राजुलाई घाटीमा चुक्कू प्रहार गरेपछि उपचारका लागि महाकाली अञ्चल अस्पतालमा पु¥याउदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक जोशीका अनुसार राजुले पटक पटक धम्की र ब्ल्याकमेल गरी सास्ती दिएपछि आफूले राजुको हत्या गरेको धर्माले बयानमा बताएकी छिन् । ‘राजु र धर्माको २०७२ सालमा पैसाको लेनदेन भएको रहेछ’, जोशीले भन्नुभयो, ‘१ महिनापछि पैसा फिता गर्न जादा राजुले चिसोमा नशालु पर्दाथ मिसाएर धर्मालाई खुवाई बेहाश बनाएपछि अनैतिक सम्बन्ध राख्दै त्यसको अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गरेका रहेछन् ।’

अश्लिल भिडियो सार्वजनिक गर्छु भन्दै राजुले पटक पटक धम्की दिन थालेपछि धर्माले गएको वर्ष साइबर क्राइममा मुद्दा हालेको र राजु काडमाडौंमा ६ महिना थुनामा बसेको प्रहरीले जनाएको छ । तर, जेलबाट छुटेपछि राजुले धर्मालाई कहिले सुनको सिक्री, कहिले औँठी र कहिले पैसा माग्दै फेरि सास्ती दिने गरेको पैहरी निरीक्षक जोशीले बताउनुभयो । स्रोतका अनुसार राजुबाट छुटकारा पाउन धर्माले १ तोलाको सुनको सिक्री र १ लाख २० हजार नगद दिनुभएको थियो ।

राजुको धम्कीले उग्र रुप लिन थालेपछि धर्मा श्रीमान र छोराछोरी छोडेर २ महिनादेखि राजुसँगै महेन्द्रनगरमा बस्दै आएको प्रहरीले जनाएको छ । सँगै बस्न थालेपछि करिब १ महिनासम्म उनीहरुको सम्बन्ध राम्रै भए पनि एक सातादेखि उनीहरुको बीचमा फेरि विवाद भएको बयानबाट खुलेको प्रहरीको भनाई छ ।

प्रहरी स्रोतका अनुसार राजुले कहिले दिल्ली जाउँ भन्ने, कहिले अर्कैसँग बिहे गर भन्दै धर्मालाई सताउन थालेपछि आक्रोशित भएकी धर्माले आरनमा गएर आफैले चक्कु बनाउन लगाएको र राजुको हत्या गरेको स्वीकार गरेकी छिन् ।राजु सशस्त्र प्रहरी बलको जवान पदबाट निलम्बित भएका थिए भने धर्मा पनि सशस्त्र प्रहरी बलमा कार्यरत जवानकै श्रीमती हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *