विनोद र अनितालाई भाईटिका लगाउन अस्पतालमै आईपुगे उनका दिदीबहीनीहरु, अनिता र उनका नन्दअमाजुहरुबीच अस्पतालमै भयो रुवाबासी (भिडियो)

भिडियो

काठमाण्डौ । अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै नमूना जोडीको रुपमा चिनिएको छ । टिकटकबाट भाइरल भएको यो जोडीको वास्तविकता निकै नै मार्मिक र आत्मियताले भरिएको छ । पछिल्लो समय टिकटकसंगै युुटट्युबमा पनि यो जोडीलाई देख्न सकिन्छ ।

अनिताको स्याहार गरिरहेका उनका श्रीमान विनोदको भनाईबाट अनिताको रोग र अहिले उनको क्रमिक सुधारका कुराहरु हामीले सुन्दै आईरहेका छौं । पहिलाको भन्दा अनितामा धेरै नै सुधारहरु भैरहेको उनका श्रीमान विनोद बताउँछन् । झण्डै १ वर्ष पार गरेर अस्पतालको बसाईलाई अहिले पनि निरन्तरता दिईरहेका अनिता र विनोदको यस पालिको तिहार अस्पतालमै भएको छ ।

बुहारीको स्याहार गर्दै अस्पतालमा बसिरहेको भाईलाई टिका लगाईदिन उनका दिदीबहीनीहरु अस्पतालमै आएका थिए । विनोदका दिदीहरुले विनोदसंग जब बुहारी अनितालाई पनि भाईदिका लगाईदिए तब अस्पतालमा रुवाबासी भयो । बुहारीलाई यस्तो अवस्थामा टिका लगाउनु पर्दा उनीहरुले विगत सम्झिंदै भक्कानिंदै रोए । अमाजुहरुलाई रोएको देखेर अनिता पनि रोईन् ।

त्यो दृश्य साँच्चै नै मार्मिक थियो । यस्तो पनि परिवार छ हाम्रै समाजमा जहाँ घरकी बुहारीकोलागी ज्यान फाल्छन् परिवारका सस्यहरुले । विनोदकी एउटी दिदीले त अनिता आफुहरुकोलागी भाईबुहारी नभएर बहीनी र घरकी अर्की छोरी भएको पनि बताएकी थिईन् । उनले अनिताले कहिल्यै पनि कसैलाई भेदभाव नगरेको र भान्जाभान्जीलाई असाध्यै माया गरेको पनि सुनाईन् ।

गएको वर्षभन्दा यस वर्ष अनितामा धेरै नै सुधार भएको हुनाले चाँडै नै अनितालाई घरमा देख्न पाउने उनीहरुले विश्वास व्यक्त गरे । अनितासंग त्यो भेटमा बोल्ने विनोदका सबै दिदीबहीनीहरुले सानो नानीसंग बोले जस्तै गरी अनितासंग मायाले बोलेको सुनिन्थ्यो । जुन माया र व्यवहारको अनितालाई यो समयमा खाँचो छ । टिका लगाउँदै गर्दाको त्यो दृश्य देखेर नरुने कोही भएन । सबैको आखाँ रसाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *