रास्ट्रीय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी कोरोना मुक्त

Uncategorized

गत हप्ता कोरोना पोजेटिभ देखिएर हस्पिटल भर्ना भएका रास्ट्रीय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी कोरोना मुक्त भएर मङ्सिर २ गते आज डिस्चार्ज भएका छन।

लक्षणसहितको कोरोना संक्रमण देखिएपछि उनलाई ललितपुरस्थित नेपाल मेडिसिटीमा भर्ना गरेर उपचार थालिएको उनकी छोरी रितु केसीले जानकारी दिइन् ।

एक महिनासम्म रुपन्देहीमा रहेका केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि रुपन्देहीमै कोरोना परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनी काठमाडौं आएका थिए ।

तर, स्वास्थ्यमा सुधार नभएपछि उनको फेरि एक पटक पिसिआर परीक्षण गरिएको थियो । अस्पतालका अनुसार केसीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *