७० जनालाई ठगेर २ लाखका दरले कुवेत पठाइदिन्छु भन्दै रकम असुल्ने पक्राउ

समाचार

तपाईलाई कुवेत पठाइदिने भन्दै पैसा असुलेर कसैले ठगेको त छैन ? समाज साउदी दुबई, कतार पढाइदिनेभन्दै कैयौँ ठगहरु सलबलाइरहेका छन् ।

जसमध्येका एक हुन् मोरङ ग्रामथाम गाउँपालिका(५ तेतरियाका ४२ वर्षीय बुधनारायण चौधरी । उनले कुवेत पठाउने भन्दै ७० जना भन्दा बढीलाई ठगी गरेको रहस्य खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर कारवाही अगाडी बढाएको छ । महानगरीय अपराध महाशाखाको टोलीले चौधरीलाई पक्राउ गरेको हो।

उनी काठमाडौं महानगरपालिका बानेश्वरमा बस्दै आएका थिए। राजदेवी इन्टरनेसनल प्रालिका कर्मचारी भनेर चिनाएर ब्यापक ठगी गर्दै आएका उनले वैदेशिक रोजगारीको लागि कुवेतमा पठाउने भन्दै प्रतिव्यक्ति दुई लाख सम्म उठाएको अजनुसन्धानबाट खुलेको छ । उनले पैसा असुल्ने भाग्ने गर्दै आएका थिए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *