सरकारले राम्रो काम गरेकाले नेपालको कोरोना मृत्युदरमा कमी आएको होः मुख्यमन्त्री पोखरेल

समाचार

लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले कोरोना भाइरस माहामारीका बीचमा सरकारले धेरै राम्रो काम गरेको हुँदा अन्य एसियन देशमा भन्दा नेपालको मृत्यु दर सबैभन्दा कम रहेको दावी गरेका छन्।

आइतबार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ स्थित राप्ती शान्ति उद्यानमा बुद्ध मुर्ति अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका स्थायी समिति सदस्य समेत रहेका पोखरेलले सो दावी गरे।

सरकारले थुप्रै काम गरेको भएपनि मिडियाहरुमा नकारात्मक कुराहरुको मात्रै प्रचार हुने गरेको उनको आरोप छ।

मुलुकमा संविधान जारी भइसकेपछिका तीन वर्षमा लगातार उच्च आर्थिक वृद्धिदर भएको भन्दै उनले यो वर्ष विश्वमा ऋणात्मक असर नपरेको मुलुकमा नेपाल परेको जिकिर गरे।

केही लाभ पाइने आशले सरकार फेर्नतिर केही नेताहरु लागेको उनको आरोप छ।

पोखरेलले भने ‘ नौं नौं महिना, दश दश महिनामा सरकार फेर्न बानी परेका नेताजीहरुलाई सरकार फेर्न मन लाग्छ। त्यसरी फेर्दा केही पाइन्छ कि भन्ने हुन्छ।’

नेकपा लुम्बिनी प्रदेशका इञ्चार्ज समेत रहेका मुख्यमन्त्री पोखरेलले मुलुकको यतिखेरको आवश्यकता सरकार परिवर्तन नभई स्थायित्व भएको  दाबी गरे।

यो मुलुकमा यति धेरै सरकार परिवर्तन भएको हुँदा सरकार बदलिरहने कुरा जनता र राष्ट्रको हितसंग सम्वन्धित कुरा नभएको उनले बताए। अहिलेको आवश्यकता राजनीतिक स्थायित्व र मुलुकको विकासका लागि पहलको आवश्यकता भएको पोखरेलले तर्क गरे।

शान्ति पार्कमा झन्डै २८ लाखको लागतमा बुद्ध मुर्ति स्थापनापछि त्यसको आज अनावर गरिएको हो। सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *