नेपालीहरु लक्ष्मीपूजा गरेर कंगाल भएका हुन् – सांसद खरेल (पूरा पढ्नुहोस)

समाचार

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सांसद इन्दप्रसाद (आइपी) खरेलले नेपाली कंगाल हुनुको कारण बताएका छन् । उनी बाँके जिल्लाबाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद हुन्।

सांसद इन्द्रप्रसादका अनुसार लक्ष्मी पूजा नगर्नेहरु चन्द्रमामा पुगेका छन् । तर नेपालीहरुले लक्ष्मी पूजा गरेको गर्यै भएपनि कंगाल नै छन्।

धनकी देवी लक्ष्मीको पूजा गर्नाले नेपाली कंगाल भएको इन्द्र प्रसादले ठोकुवा गरेका हुन्।

उनले एक ट्वीट लेखेर यस्तो ठोकुवा गरेका हुन् । उनले दिएको कारणको कुनै बैज्ञानिक पुष्टि भने गरेका छैनन्।

उनी आफूलाई परिवर्तनकारी भनेर चिनाउन चाहन्छन् । नेपालीको चाडप्रति गरिएको ब्यंगलाई धेरैले मन पराएका छैनन्।

इन्द्रप्रसाद ट्वीटरमा लेख्छन् ‘लक्ष्मी पुजा नगरेका देश चन्द्रमा पुगे, हामी लक्ष्मी पुजा गर्ने नेपाली कंगाल छौ! पुजा गरेर शुखी होइन्छ भन्ने निक्ममा चेतना कहिले सकिएला हाम्रो?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *